अमेरिका उडेको एयर इन्डियाको विमान रुसमा आकस्मिक अवतरण

अमेरिका उडेको एयर इन्डियाको विमान रुसमा आकस्मिक अवतरण

एजेन्सी : अमेरिकाका लागि उडेको एयर इन्डियाको विमानले रुसमा आकस्मिक अवतरण गरेको छ।

मंगलबार नयाँ दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी आएपछि रुसको मगडान विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

अमेरिकाको लागि उडेर मगडानमा फसेका यात्रुलाई अमेरिका लैजान बुधबार दिउँसो १ बजे मुम्बईबाट रुसको मगडानका लागि अर्को विमान उडेको छ।

मुम्बईबाट उडान गर्ने विमानले रूसमा फसेका यात्रुहरूका लागि खाना र अन्य आवश्यक सामग्रीहरू पनि बोकेर त्यसतर्फ लागेको विज्ञप्तिमा जनाइएको छ।

आफ्नो विज्ञप्तिमा एयर इन्डियाले मुम्बईबाट एयर इन्डियाको उडान मगडान जाने र यहाँबाट यात्रु र चालक दलका सदस्यहरूसँग सान फ्रान्सिस्को जाने बताएको छ।

विमानमा २१६ यात्रु र १६ चालक दलका सदस्य थिए। एयर इन्डियाले यात्रुहरूलाई जतिसक्दो चाँडो अमेरिका लैजाने सबै प्रयास भइरहेको जनाएको छ।

२४ जेठ, २०८०, १३:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।