सांगीतिक क्षेत्रका तीन स्रष्टालाई प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले सम्मान गर्ने

सांगीतिक क्षेत्रका तीन स्रष्टालाई प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले सम्मान गर्ने

नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टा प्रेमध्वज प्रधानको नाममा स्थापित 'गोल्डन भ्वाइस' प्रेम ध्वज प्रधान स्मृति प्रतिष्ठानले सांगीतिक क्षेत्रका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। 

प्रेमध्वज प्रधानको ८७ औैं जन्म जयन्तीका अवसरमा जेठ २७ गते प्रतिष्ठानले पहिलो पटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्न लागेको हो।

यस वर्ष सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूको नाम पनि सार्वजनिक गरिएको छ।

प्रेमध्वज प्रधान स्मृति  राष्ट्रिय संगीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिंह तुलाधर सम्मानित गरिनेछ। 

यसैगरी प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संंगीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने जानकारी प्रतिष्ठानले दिएको छ।

२३ जेठ, २०८०, १२:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।