प्रचण्डको दाबीः भारतसँग सीमा समस्या यति प्रस्टसँग राख्ने म नै पहिलो हो

प्रचण्डको दाबीः भारतसँग सीमा समस्या यति प्रस्टसँग राख्ने म नै पहिलो हो
फाइल तस्वीर

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई पहिलो पटक समाधान गर्ने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिए। 

उनले नेपाल-भारत सीमा विवादसम्बन्धी विषयलाई कूटनीति संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री गम्भीर रहेका पनि बताए। 

सीमा समस्या यति प्रस्टसँग राख्ने आफू नै देशको पहिलो प्रधानमन्त्री भएको प्रचण्डको दाबी थियो। 

'सीमा समस्या हल गरिन्छ र हिमालयको उचाइमा पुर्याइनेछ भनेर भारतबाट बोलिएको पनि पहिलो हो,' प्रचण्डले भने, 'यसमा हामी सबैले गर्व गर्नुपर्छ।

आफूले बोल्नुभन्दा अगाडि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या हल गरिन्छ भनेर कुरा राखेका उनको भनाइ थियो। 

'अहिले दुई देशको सम्बन्ध सुपरहिट भनेको पनि पहिलो पटक हो,' उनले दाबी गरे। 

'यो विकल्प हुन्छ म मैले यसमा जाऊँ भनेको छैन। प्रस्ट होस्। कहीँ कोही कन्फ्युजन नहोस्। नेपालको भूमि कालापानी हो भनेर म प्रस्ट छु। सीधा देखिएको कुरालाई घुमाउने कोशिस नगरौँ भन्ने भन्ने आग्रह छ,' प्रचण्डले भने। 

नेपालले भारतलाई कालापानी र लिपुलेकको साटो विकल्पमा जाने भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रचण्डले यसको स्पष्टीकरण दिएका हुन्। 

भारत भ्रमण सफल मात्र नभई परिणामुखी भएको उनले दाबी गरे। 

२२ जेठ, २०८०, १२:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।