संसदमा ओली र देउवालाई खोजे प्रधानमन्त्री प्रचण्डले

संसदमा ओली र देउवालाई खोजे प्रधानमन्त्री प्रचण्डले

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले संसदमा बोल्ने दिन प्रमुख प्रतिपक्षी र सत्ता पक्षका नेता नभएका भन्दै आफूलाई नमिठो लागेको बताएका छन्। 

संसदमा भारत भ्रमणबारे जानकारी दिन आएका प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई खोजेका हुन्। 

प्रचण्ड रोष्टममा उभिएलगत्तै ओलीलाई देखेपछि भने उनी मुस्कुराएका थिए। 

उनले अघि भने, ‘प्रतिपक्षी दलको प्रमुख नेता र सत्ता गठबन्धनको नेता हुनुहुन्न। अलिकति नमिठो महसुस भएको छ।’ उनले बोल्न शुरु गर्न थाल्नेबित्तिकै ओली संसदभित्र आइपुगेका थिए। 

२२ जेठ, २०८०, १२:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।