१४ वर्ष बिताएको रियल मड्रिड छाडे बेन्जेमाले, साउदी जाने

१४ वर्ष बिताएको रियल मड्रिड छाडे बेन्जेमाले, साउदी जाने

गत वर्षका बालोन डीओर विजेता फ्रान्सेली फुटबल स्ट्राइकर करिब बेन्जेमाले रियल मड्रिड छाडेका छन्। 

रियलसँगको उनको सम्झौता यसै महिनाको अन्त्यमा समाप्त हुँदैछ। त्यसपछि उनी सम्झौता लम्ब्याउने पक्षमा थिएनन्। 

उनले साउदी अरबको एक क्लबमा आबद्ध हुने जानकारी क्लबलाई पहिल्यै गराएका इटालियन एक पत्रकारले खुलासा गरेका थिए।

१४ लामो रयल मड्रिडको बसाइ त्यागेका उनी साउदी अरेबियाबाट ठूलो प्रस्ताव आएकाले त्यता जान सक्ने अड्कलबाजीहरू भइरहेका छन्। क्रिस्टियानो रोनाल्डो हाल खेलिरहेका समान लिगमा बेन्जेमा सामेल हुन सक्ने गोल डटकमले लेखेको छ। 

३५ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल मड्रिड भित्रिएका थिए। रियलमा रहँदा उनी पाँच वटा च्याम्पियन्स लिग र ४ वटा लालिगा उपाधिमा उचाल्न सफल भए। रियलमा रहँदा ४३८ खेलमा २३७ गोल गरेका छन्। 

रियल मड्रिडले भने मंगलबार बेन्जेमाले क्लब छोडेको घोषणासँगै उनको बिदाइ गर्ने जनाएको छ। 

२१ जेठ, २०८०, १८:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।