गौर नरसंहारविरुद्ध सर्वोच्चमा रिट, सोमबार पेशी

गौर नरसंहारविरुद्ध सर्वोच्चमा रिट, सोमबार पेशी

काठमाडौँः गौर नरसंहारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै आइतबार त्रिभुवन साहसहितका निवेदकले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी कार्यकर्ताबीच झडप हुँदा माओवादीतर्फका २७ जनाको ज्यान गएको थियो। दुई पार्टीले सँगसँगै कार्यक्रम गरेको बेला उक्त हत्याकाण्ड भएको थियो। 

​​​​​​​सर्वोच्चमा आज परेको रिटको सुनुवाइका लागि जेठ २२ गते पेशी तोकिएको छ। 

२१ जेठ, २०८०, १७:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।