प्रतिपक्षी तीन दलको अवरोधपछि संसद् एक घण्टाको लागि स्थगित

प्रतिपक्षी तीन दलको अवरोधपछि संसद् एक घण्टाको लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाका सभामुखले एक घण्टाको लागि संसद्को बैठक स्थगित गरेका छन्।

प्रमुख प्रतिपक्षी तीन दल नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरूले संसद्को आजको बैठकमा अवरोध गरेपछि संसद् स्थगित गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा गएर नेपाली भू-भाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले उभिएर विरोध जनाउँदै विरोध जनाइरहेका छन्।

प्रचण्डले भारत भ्रमणमा यदि भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नदिने हो भने नेपाललाई बंगलादेशको बन्दरगाहसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए।

प्रधानमन्त्रीले यस विषयमा माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

जेठ २१, २०८० आइतबार १२:४९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।