प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने एमालेको अडान

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने एमालेको अडान

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा गएर नेपाली भू-भाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति एमालेले प्रधानमन्त्रीको जवाफ मागेको छ।

संसदमा आजदेखि आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु हुने कार्यसूची भए पनि बैठक सुरू हुनासाथ एमालेका सांसदहरूले विरोध जनाएका थिए।

प्रचण्डले भारत भ्रमणमा यदि भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नदिने हो भने नेपाललाई बंगलादेशको बन्दरगाहसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए।

बंगलादेशसम्म पुग्ने बाटो दिने सर्तमा लिपुलेक, लिम्पियाधुरा र कालपानीसहितको नेपाली भू-भाग दिन सकिने अभिव्यक्तिको जवाफ एमालेले मागेको हो।

प्रधानमन्त्रीले यस विषयमा माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

२१ जेठ, २०८०, १२:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।