लगानीकर्ताले गरे ब्रोकरका कार्यालयमा तालाबन्दी, शेयर कारोबार प्रभावित

लगानीकर्ताले गरे ब्रोकरका कार्यालयमा तालाबन्दी, शेयर कारोबार प्रभावित

काठमाडौं : शेयर लगानीकर्ताहरूले काठमाडौंका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन्। आज बिहानैदेखि लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाउँदै हिंडेकाले शेयर कारोबार प्रभावित भएको छ।

ब्रोकर कार्यालयहरूमा तालाबन्दी भएपछि टीएमएस नखुलेका कारण शेयर कारोबारमा कठिनाइ भएको हो।

पूँजी बजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका हुन्।

हालको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर कायम गर्नुपर्ने माग गर्दै लगानीकर्ताले शेयर कारोबार प्रभावित बनाएका हुन्।

उनीहरूले ब्रोकर कार्यालयमा लगाइएको ताला नखोल्नका लागि दिनभरि निरीक्षण गर्ने र राजधानी बाहिरका जिल्लाहरूमा पनि तालाबन्दी गरिने बताए।

२१ जेठ, २०८०, ११:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।