सिरिज जित्न नेपाललाई ११० रनको लक्ष्य

सिरिज जित्न नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं : मलेसियाविरुद्धको पाँचौं तथा निर्णायक खेलमा नेपालले जितका लागि ११० रनको लक्ष्य पाएको छ।

पाँच खेलको महिला टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनायो।

मलेसियाकी लागि वान जुलियाले  सर्वाधिक ४७ रनको योगदान दिइन्। नेपालका लागि कविता जोशीले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएकी थिइन्।

पाँच खेलको सिरिज २-२ को बराबरीको अवस्थामा रहेकाले आजको खेल उपाधिका लागि फाइनल सरह हुनेछ।

निर्णायक खेल जित्दै सिरिज जित्ने लक्ष्य नेपालको छ भने मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउने तयारीमा छ।

सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो। तर नेपालले दोस्रो खेल ७ विकेट र तेस्रो खेल २७ रनले जित्दै सिरिजमा अग्रता बनाएको थियो।

यसपछि चौथो खेल मलेसियाले ६ विकेटले जितेपछि सिरिज बराबरीको अवस्थामा छ।

२१ जेठ, २०८०, १०:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।