लिगमा आज चार खेल, उपाधि दौडमा रहेको मछिन्द्र पुलिससँग भिड्दै

लिगमा आज चार खेल, उपाधि दौडमा रहेको मछिन्द्र पुलिससँग भिड्दै

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदैछ। उपाधि दौडमा रहेको दोस्रो स्थानको मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्दैछ।

च्यासल मैदानमा हुने यो खेल ३ बजे सुरु हुनेछ। मछिन्द्र लिग लिडर चर्च ब्वाइजसँग पाँच अंकले पछि छ। मछिन्द्रको २३ खेलबाट ३९ अंक छ भने चर्च ब्वाइजको समान खेलबाट ३४ अंक छ।

एन्फा कम्प्लेक्समा ३ बजे नै हुने अर्को खेलमा रेलिगेसन जोनमा संघर्षरत खुमलटार र संकटाबीच प्रतिस्पर्धा हुनेछ। संकटा २३ खेलबाट २७ अंकसहित १२ औं स्थानमा छ भने खुमलटार २४ अंकसहित अन्तिम स्थानमा छ।

३ बजे नै दशरथ रंगशालमा हुने खेलमा एनआरटी र हिमालयन शेर्पा क्लबबीच भिडन्त हुनेछ। शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ। समान खेलबाट एनआरटी २९ अंकसहित १० औं स्थानमा छ।

उता रेलिगेसन जोनमा रहेको अर्को क्लब फ्रेण्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग भिडन्त गर्नेछ। खेल दशरथ रंगशालमा साँझ ६ बजे हुनेछ।

मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ भने फ्रेण्ड्स भने २५ अंकसहित १३ औं स्थानमा छ।

२१ जेठ, २०८०, ०९:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।