निर्णायक खेलमा टस जितेर फिल्डिङ गर्दै नेपाल

निर्णायक खेलमा टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : नेपालले महिला टी-२० सिरिजको पाँचौ तथा निर्णायक खेलमा आयोजक मलेसियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा नेपालले टिममा एक परिवर्तन गरेको छ। काजोल श्रेष्ठको स्थानमा स्पिनर कृतिका मरासिनीले आजको खेल खेल्दै छिन्।

पाँच खेलको सिरिज २-२ को बराबरीको अवस्थामा रहेकाले आजको खेल उपाधिका लागि फाइनल सरह हुनेछ।

निर्णायक खेल जित्दै सिरिज जित्ने लक्ष्य नेपालको छ भने मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउने तयारीमा छ।

सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो। तर नेपालले दोस्रो खेल ७ विकेट र तेस्रो खेल २७ रनले जित्दै सिरिजमा अग्रता बनाएको थियो।

यसपछि चौथो खेल मलेसियाले ६ विकेटले जितेपछि सिरिज बराबरीको अवस्थामा छ।

२१ जेठ, २०८०, ०८:५७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।