टप फाइभ : चार दिनपछि प्रधानमन्त्रीको स्वदेशी फिर्तीदेखि गर्भपतनको चक्की खाँदा किशोरी ढलेको प्रसङ्गसम्म

टप फाइभ : चार दिनपछि प्रधानमन्त्रीको स्वदेशी फिर्तीदेखि गर्भपतनको चक्की खाँदा किशोरी ढलेको प्रसङ्गसम्म

काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारतको भ्रमण सकेर स्वदेश फर्किए। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भारत भ्रमण उपलब्धीपूर्ण र सफल भएको दाबी गरे। त्यहाँ उनले भारत सरकारसँग भएको सम्झौताबारे जानकारी दिँदै चार दिनको कार्यतालिकामा भएका भेट र भ्रमणबारे पनि बताए।

यस्तै, शनिबार नै काठमाडौंमा कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले राखेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कसैलाई गाली गरेर मात्र पार्टी ठूलो नहुने भन्दै काम गर्न नेता तथा कार्यकर्तालाई सुझाए। पछिल्लो समय उनीमाथि पार्टीकै महामन्त्री गगन थापाले तीव्र आलोचना गर्दै आएका छन्।

यस्तै, फरक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीमा गरेको अनुसन्धान खेर जान नदिने प्रतिबद्धता जनाए। उनले भ्रष्टाचार र अनियमिततामा आफ्नै पार्टीको मानिस भए पनि कारबाही गर्न पछि नहट्ने बताए।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टै कार्यक्रममा आफ्नो पार्टी सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल भन्ने आँट नगरेको बताए। आफूहरूले समृद्धिको नारालाई अघि बढाएको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यसको नामसमेत नलिएको भन्दै रोष व्यक्त गरे।

अब लागौं टप फाइभतर्फः
उकेराले भारतको ओडिसामा भएको रेल दुर्घटनामा २८० जनाको मृत्यु भएको र ९ सय जनाभन्दा बढी मानिस घाइते भएको समाचार लेख्यो। लगत्तै प्रधाननमन्त्री नरेन्द्र  मोदीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए।
पूरा समाचारः भारत रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघ्यो, प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

उकेराले दिउँसो नियमित स्तम्भअन्तर्गत डाक्टरका सुखदुःख प्रकाशित गर्यो। यस क्रममा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिनका डा. पुष्पमणि खरालले आफ्ना उपचार अनुभव उकेरासँग साटे।
पूरा समाचारः डा. पुष्पमणिको उपचार अनुभवः १७ वर्षीया किशोरीले गर्भपतनको औषधि खाइन् र ढलिन्

यस्तै भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल नेपाल फर्किएको समाचार लेख्यो। त्यस क्रममा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भारत भ्रमण सफल भएको बताए। यस्तै उनले गेरुवस्त्रको विषयमा स्पष्टीकरण दिँदै आफू पुरानै अवतारमा रहेको उल्लेख गरे। साथै श्रीमतीको लागि महाकालेश्वर मन्दिर नगएको भन्दै रिसाए पनि।
पूरा समाचारः चार दिने भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी

यस्तै उकेराले आज नेपाली कांग्रेसले राष्ट्रपतिलाई बचाउन गर्दै नागरिकता विधेयक र रेशम चौधरीको विषयमा निकालेको विज्ञप्तिको समाचार छाप्यो समाचारमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं पीडितको पीडानमा मल्हम लगाएको उल्लेख गरिएको छ।
पूरा समाचारः राष्ट्रपतिको बचाउ गर्दै नागरिकता विधेयक र रेशम चौधरीबारे बोल्यो कांग्रेस

राति उकेराले विश्वको जनसंख्या पहिलोपटक घट्नेबारेमा समाचार छाप्यो। विश्वभर १२४ देशको जन्मदरमा उच्च गिरावट आएसँगै पहिलोपटक विश्वको जनसंख्या वृद्धिदर ऋणात्मक हुने देखिएको हो।
पूरा समाचारः पहिलो पटक पृथ्वीमा मानिसको संख्या घट्ने अनुमान, १२४ देशमा जन्मदर उच्च गिरावट

​​​​​​​

२० जेठ, २०८०, २१:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।