संसदको भित्तामा कुँदिएको कपिलवस्तु र लुम्बिनीबारे बोल्यो भारत

संसदको भित्तामा कुँदिएको कपिलवस्तु र लुम्बिनीबारे बोल्यो भारत

काठमाडौं : संसदमा भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ।

नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी नक्साहरुले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ।’

नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए।

यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो नक्साबारे प्रश्न उठाएका थिए। नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत भनिरहेका छन्।

१९ जेठ, २०८०, २२:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।