नेपालमा क्षेत्रीको जनसंख्या सबैभन्दा बढी, तामाङ पाँचौं नम्बरमा (चार्टसहित)

नेपालमा क्षेत्रीको जनसंख्या सबैभन्दा बढी, तामाङ पाँचौं नम्बरमा (चार्टसहित)

काठमाडौं : नेपालमा क्षेत्रीको जनसंख्या सबैभन्दा बढी भएको पाइएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको धर्म र जातीको तथ्याङ्कले कुल जनसंख्याको १६.४५ प्रतिशत क्षेत्री रहेको देखाएको हो। संख्यामा भन्दा यो ४७ लाख ९६ हजार ९९५ हो।

यस्तै ३२ लाख ९२ हजार ३७३ जनसंख्या भएर ब्राह्मण दोस्रो स्थानमा हुँदा तेस्रो धेरै जनसंख्या मगरको छ। उनीहरूले कुल जनसंख्याको ६.९ प्रतिशत छन्।

मगरहरूको जनसंख्या २० लाख १३ हजार ४९८ हुँदा १८ लाख ७ हजार १२५ जनसंख्या भएको थारु चौथो ठूलो जाती हो। त्यसैगरी पाँचौंमा तामाङ रहेको छ। उनीहरू १६ लाख ३९ हजार ८६६ जना छन्।

त्यसैगरी सबैभन्दा जनसंख्या नुराङ जातीको छ। यो जातीको जनसंख्या देशभरमा जम्मा ३६ जना छन्।

१९ जेठ, २०८०, २१:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।