नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने २ प्रतिशत पनि छैनन्

नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने २ प्रतिशत पनि छैनन्

काठमाडौं : नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिस हिन्दु धर्म मान्ने गरेको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी शुक्रबार सार्वजनिक भएको तथ्याङ्कअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन्।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन्।

२३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको पाइएको छ।

१९ जेठ, २०८०, २०:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।