सोबिता गौतमले गरिन् विवाह

सोबिता गौतमले गरिन् विवाह
तस्बिर : सोबिता गौतमको सचिवालय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमले विवाह गरेकी छन्।

गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग ७ जेठमा पारिवारिक सदस्यहरूको बीचमा विवाह गरेकी हुन्।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् गौतम र घिमिरे लामो समयदेखि प्रेममा थिए।

निर्वाचनपछि गौतमले एक टेलिभिजन कार्यक्रममै आफ्नो ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन्।

गृहेन्द्र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन्। यो कम्पनीले विभिन्न अवार्ड कार्यक्रम तथा कन्सर्टहरू गर्दै आएको छ।

१९ जेठ, २०८०, १८:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।