फेसबुकमा भेटेको केटीसँग माेबाइल मागेर ठगी, सप्तरीका धर्मेन्द्र पक्राउ

फेसबुकमा भेटेको केटीसँग माेबाइल मागेर ठगी, सप्तरीका धर्मेन्द्र पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी बोदेबरसाइन नगरपालिका–१४ घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन्।

साहले फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमतिविना पीडितकै मोबाइल लिएर मोबाइल बैंकिङ तथा खातामा पहुँच पुर्याइ ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

साहलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

१९ जेठ, २०८०, १५:१०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।