नेकपा एसको आम्दानी ७ करोड, खर्च ६ करोड

नेकपा एसको आम्दानी ७ करोड, खर्च ६ करोड

काठमाडौः नेकपा एसको एक वर्षको आम्दानी  ९० हजार ३ सय ७७ रुपैयाँ रहेको जनाइएको छ। 

पार्टीले आज आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो। पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो। जहाँ खर्च भने ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ रहेको जनाइएको छ।  

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण सार्वजनिक गरेको हो । 

पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले यसबारे जानकारी दिएका हुन्। नेकपा एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा गठन भएको यस पार्टी २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएको थियो। 

१९ जेठ, २०८०, १२:४९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।