स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन्।

उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। आफ्नो मन्तव्य सकिएपछि आफ्नो सिटतर्फ जाने क्रममा उनी मञ्चबाट ढलेका हुन् ।

वायुसेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उठ्न अलि अप्ठ्यारो परे पनि उनले उभिएपछि भने कसैको मद्दत लिएनन्। ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको जानकारी दिएका छन्। 

बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन्। ८० वर्षीय डेमोक्रयाट नेता बाइडेनले २०२१ जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। 

१९ जेठ, २०८०, ०७:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।