धोनीको घुँडाको शल्यक्रिया गरियो, अर्को वर्ष आईपीएल खेल्लान्?

धोनीको घुँडाको शल्यक्रिया गरियो, अर्को वर्ष आईपीएल खेल्लान्?

काठमाडौं : भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीको घुँडाको शल्यक्रिया गरिएको छ।

मुम्बईको कोकिलाबेन अस्पतालमा उनको घुँडाको सफल शल्यक्रिया गरिएको आईपीएलको फ्रेन्चाइजी टीम चेन्नई सुपर किंग्सको व्यवस्थापननिकट स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ।

आईपीएलमा चेन्नई सुपर किंग्सलाई पाँचौं पटक उपाधि जितेका कप्तान धोनी फाइनल सकिएपछि सोमबार अहमदाबादबाट मुम्बई पुगेका थिए।

मुम्बई पुगेपछि धोनीले प्रख्यात खेलकुद अर्थोपेडिक सर्जन डा दिनशव पर्दिवालालाई आफ्नो घुँडा देखाएका थिए। डा. पर्दिवालाले शल्यक्रिया गर्नुपर्ने भनेपछि धोनीले सहमति जनाएका थिए।

डा. पर्दिवाला बीसीसीआईका डाक्टरहरूको प्यानलमा छन् र उनले धेरै भारतीय खेलाडीहरूको घुँडाको शल्यक्रिया गरेका छन्।

धोनीलाई ढिलामा तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने समाचारमा उल्लेख छ। शल्यक्रियापछि उनले केही समयका लागि आराम गर्नुपर्ने हुन्छ। त्यसपछि उनी आफ्नो नियमित अभ्यासमा फर्कन सक्नेछन्।

आईपीएलको यो सिजनमा धोनीले बायाँ घुँडामा पट्टी बाँधेर खेलेका थिए। तर, विकेट किपिङ गर्दा उनको फुर्तीमा कुनै कमी आएको महसुस भएन।

आठौं नम्बरको ब्याटिङमा आउने गरेका उनी तीवै गतिमा रन लिन भने सकिरहेका थिएनन्। उनी त्यस क्रमममा निकै पीडाको महसुस गरेको देख्न सकिन्थ्यो।

धोनीले अर्को वर्षको आईपीएल पनि खेल्ने इच्छा व्यक्त गरेका छन्। उनले आफ्नो स्वास्थ्यले साथ दिएको खण्डमा आईपीएल खेल्ने बताइरहेका थिए। डाक्टरले पनि केही समयको आरामपछि पुनः खेलमा फर्कनसक्ने बताएका छन्।

१८ जेठ, २०८०, २२:०६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।