टप फाइभ : व्यापारीका तनावदेखि प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र असफलतासम्म

टप फाइभ : व्यापारीका तनावदेखि प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र असफलतासम्म

काठमाडौं : बिहीबार राजनीतिक वृत्तमा खासगरी प्रधानमन्त्री पुष्पकमल दाहालको भारतभ्रमणको विषय चर्चामा रह्यो। प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरी सातवटा सम्भौता भयो।

दाहाल र मोदीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आ–आफ्नो धारणा राखे। यस्तै दाहालले राष्ट्रपति द्रौपती मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरे।

यता देशमा भने प्रमुख प्रतिपक्षी दल एमालेले भारत भ्रमणमा प्रधानमन्त्री दाहालले भारतको चाहेको विषयमा सम्झौता गरेको टिप्पणी गर्यो। पार्टीका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको तर्क गरे।

यस्तै बिहीबार नै काठमाडौंमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थमाथि आगो ओकले। उनले ज्ञानेन्द्रलाई आफ्ना गुन्डाहरुलाई सम्हालेर राख्न भन्दै त्यसो नगरे देशभर कार्यक्रम गर्न नदिने धम्कीसमेत दिए।

उता सत्ताधारी नेपाली कांग्रेसका महामन्त्रीले काठमाडौंमै भएको कार्यक्रममा आफ्नो पार्टीभित्र अब जम्मा दुईवटा मात्र गुट हुने तर्क गरे। उनले पार्टीभित्र भएका सबै गुटबन्दी तोड्नुपर्ने भन्दै पार्टीमा परिवर्तन चाहने र नचाहने गरी दुई गुटमात्र हुने बताए।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार विहान उकेराले कर्णाली प्रदेशमा व्यापारीहरुमा निराशा छाएको विषयमा समाचार लेख्यो। कर्णालीका उद्योगी तथा व्यवसायीहरु पछिल्लो समय आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।
पूरा समाचारः बजार चलायमान नहुँदा तनावमा व्यापारी, खाली हुन थाले व्यावसायिक सटर

यस्तै बिहीबार दिउँसो उकेराले प्रधानमन्त्री दाहालको भारत भ्रमणबारेको समाचार लेख्यो। भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रचण्डलाई विकासमा सीमा बाधक नबनोस् भनेर सम्झाएकासमेत छन्।
पूरा समाचारः प्रचण्डलाई एचआईटी सूत्र सम्झाउँदै मोदीले भने- ‘हाम्रो विकासमा सीमा बाधक नबनोस्’

त्यसैगरी दिउँसो नै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको तर्क गरेको समाचार लेख्यो।
पूरा समाचारः एमाले महासचिवको आरोपः भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेरै सहमति जनायो

यस्तै, उकेराले दिउँसो संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत सांसद्लाई पाँच करोड रुपैयाँको अधिकार दिने व्यवस्था खारेज गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसद्ले संकल्प प्रस्ताव दर्ता गराएको समाचार छाप्यो।
पूरा समाचारः सांसद्लाई ५ करोड दिने बजेटको प्रस्ताव खारेज गर्न संकल्प प्रस्ताव दर्ता

राति उकेराले प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सात सम्झौता र नेपाल असफल भएका विषयमा समाचार लेख्यो।
पूरा समाचारः प्रधानमन्त्रीको भारत भ्रमणः पारवहन र जलविद्युतमा सकारात्मक नतिजा, सीमा समस्याले महत्वै पाएन

१८ जेठ, २०८०, २१:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।