भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाइ इन्धन भने घट्यो

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाइ इन्धन भने घट्यो

काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।

भारतीय आयल कर्पोरेसनले बिहीबार पठाएको मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आउँदा हवाइ इन्धनको मूल्य घटेको हो।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो।

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने निगमले जनाएको छ।

हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ।

१८ जेठ, २०८०, १६:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।