दोहोरो अंकले बढ्यो नेप्से, काराेबार ३६ करोडले कमी

दोहोरो अंकले बढ्यो नेप्से, काराेबार ३६ करोडले कमी

काठमाडौं : साताको अन्तिम दिन शेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकले बढोत्तरी आएको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेर १८६६ विन्दुमा पुगेको छ।

बुधबारको तुलनामा कारोबार रकम भने घटेर १ अर्ब ६५ करोडमा खुम्चिएको छ। बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबार १७१ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ११ को स्थिर रहृयो। बजारका सबै उपसमूह बढे।

बैंकिङ ७, विकास बैंक १८, फाइनान्स ११, होटल तथा पर्यटन ५४, जलविद्युत् ३१, जीवन बीमा ८५, उत्पादन ५५, माइक्रोफाइनान्स २४, निर्जीवन बीमा १६९, अन्य ४ र ब्यापार उपसमूह ९ अंक बढे।

१८ जेठ, २०८०, १५:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।