मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा २-१ को अग्रता

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजमा २-१ को अग्रता

काठमाडौं : नेपालले महिला टी-२० सिरिजको तेस्रो खेलमा मलेसियालाई २७ रनले पराजित गरेको छ। घरेलु टोली मलेसियासँग लगातार दोस्रो खेल जित्दै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता पनि बनायो।

जितको लागि नेपालले दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २०ओभरमा ४ विकेट गुमाउँदै मात्र ८३ रनमा समेटियो।

मलेसियाको लागि इजाती इस्मालीले सर्वाधिक ४४ रन जोडे पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले १/१ विकेट लिए।

नेपालले तेस्रो टी-२० खेलमा घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनायो।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन जोडिन्। त्यसैगरी ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रनको योगदान दिए।

सिरिजको पहिलो खेलमा ५ विकेटले पराजित नेपाल दोस्रो खेलमा भने ७ विकेटले विजयी भएको थियो।

१८ जेठ, २०८०, १२:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।