२०९४ सालसम्म जेल बस्नुपर्ने रेशम चौधरीलाई जेलमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ हुने

२०९४ सालसम्म जेल बस्नुपर्ने रेशम चौधरीलाई जेलमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ हुने

काठमाडौं : रेशम चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध दर्ता भएको रिटमा बुधबार सुनवाइ हुँदैछ।

चौधरी टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका थिए।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको सजाय मिनाहा गरेका थिए।

सरकारको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोरालगायतले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर राष्ट्रपतिको निर्णयअनुसार चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। यसै क्रममा एक बालकको निर्ममतापूर्वक हत्या गरिएको थियो।

१७ जेठ, २०८०, ०८:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।