नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित, सन्देश र नरेन्द्रको बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित, सन्देश र नरेन्द्रको बयान सुरु

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ।

काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको हो। 

इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर राईले आफू बिरामी भएको बताएपछि आइतबार बयान दिन अस्वीकार गरेका थिए।

उनलाई आज बयानका लागि लगिएको हो। यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो। 

१६ जेठ, २०८०, २०:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।