रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

सुनसरीः पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिइएको विरोधमा सुनसरीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिएको छ।

पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा पुत्दा दहन गरेको हो।

तीनै तहको अदालतबाट जन्मकैद सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिएका थिए। 

संगठनले इनरुवा बस चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारीहरूले बताएका छन्। 

सरकारको सिफारिसमा चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानुनी राज्यप्रतिको उपहास भएको उनीहरूले बताएका छन्। 

१६ जेठ, २०८०, १९:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।