संघीय संसद् भवन निर्माणमा एक अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

संघीय संसद् भवन निर्माणमा एक अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौँः नेपाल सरकारले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भवनको आन्तरिक पूर्वाधारलगायत बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड बजेट व्यवस्था गरिएको छ। 

त्यस्तै, स्थानीय तहका पालिकाकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने र लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड विनियोजन गरेको बताए। 

१५ जेठ, २०८०, १९:४८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।