वर्षाले रोकिएको आईपीएल फाइनल सुरु, चेन्नईले टस जितेर फिल्डिङ रोज्यो

वर्षाले रोकिएको आईपीएल फाइनल सुरु, चेन्नईले टस जितेर फिल्डिङ रोज्यो

आइतबार हुन नसकेको आईपीएल २०२३ अन्तर्गत गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको फाइनल खेल आज हुने भएको छ। 

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा केहीबेरमा हुने फाइनलका लागि चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

हिजै हुने भनिएको खेल वर्षाले बाधक बनेपछि स्थगित गरिएको थियो। 

हिजो ठूलो वर्षा हुँदा दुई फाइनल खेल्ने टोली चेन्नई र गुजरातका कप्तान टसका लागि मैदानमा समेत आउन सकेका थिएनन्। 

हिजो वर्षा राति सवा ११ बजेसम्म नरोकिएपछि खेल सोमबार (आज)सम्मका लागि स्थगित भएको थियो। यसैबीच आज पनि वर्षाका कारण खेल नभए कसले उपाधि जित्छ भन्ने प्रश्न उब्जिएको छ।

गुजरात अघिल्लो संस्करको विजेता टोली हो भने चेन्नईले ४ पटक आईपीएल उपाधिक उचालिसकेको छ। 

१५ जेठ, २०८०, १९:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।