गणतन्त्र दिवसमा कैद माफी पाउनेमा प्रहरी मार्नेदेखि यूथ फोर्सको नेता मार्नेसम्म

गणतन्त्र दिवसमा कैद माफी पाउनेमा  प्रहरी मार्नेदेखि यूथ फोर्सको नेता मार्नेसम्म

गणतन्त्र दिवस पारेर राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी गरेका १९ जनामा प्रहरी मार्नेदेखि एमाले नेता प्रचण्ड थैव मार्नेसम्म रहेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले १९ जनाको कैद माफ गरेका थिए। त्यसमा हिट लिस्टमा छन् रेसम चौधरी जो नाबालकसहित नौ जना हत्याको मुख्य योजनाकारको दोषी हुन्।

जिल्ला, उच्चहुँदै सर्वोच्चले समेत जन्म कैद सदर गरेका उनको बाँकी कैद सरकारले माफ गरेको छ। उनी टिकापुर घटनाका मुख्य दोषी हुन्।

त्यही लिस्टमा छन् हरिनारायण पन्थ। ०६५ सालमा बुटवलमा मारिएका एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्याका दोषी।

जिल्ला अदालत रुपन्देहीले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत उनलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ सजाय तोकेको थियो।

फरार रहेकै बेलामा उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक थापासँगै हिँड्थे।

अर्का हुन् दुन्नी चिडिमार। उनी बुहारी मारेको घटनामा १५ वर्ष फरार थिए। २०७१ मा पक्राउ परेका उनलाई १५ वर्ष कैद सजाय थियो।

कैद माफी पाएका अन्जनी राजधामी कर्तव्य ज्यान र जवर्जस्ती चोरी घटनाका दोषी हुन्।

कैद माफी पाएकाहरू
१-रेसमलाल चौधरी
२-टोपबहादुर बुढा
३-दुन्नी चिडिमार
४-शम्भु सिवाकोटी
५-जगन्नाथ ढकाल
६- विक्रम विष्ट (विज्ञान)
७- राम कैलाश राय
८- विजय मल्ल
९- प्रमोदप्रसाद चौहान
१०- अञ्जनी राजधामी
११- महेन्द्र महतो कोइरी
१२- अम्मरबहादुर डाँगी
१३-रामचन्द्र साह कानु
१४- रामेश्वरप्रसाद साह कानु
१५- जागेश्वर सिंह राजपूत
१६- मुनिलाल साह कानु
१७-हरिनारायण पन्थ
१८- दिनानाथ महतो कोइरी
१९- ब्रह्मदेव महतो कोइरी

१४ जेठ, २०८०, ०२:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।