नर्वेमा आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी

नर्वेमा आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी

काठमाडौं : फोटोग्राफर प्रकाश आङदेम्बेले खिचेको फोटोहरू नर्वेमा प्रदर्शन भएको छ।

नर्वेको दक्षिणी शहर सियनमा अवस्थित गुल्सेट सामुदायिक केन्द्रले ‘मन्थ अफ दी आर्टिस्ट’का रूपमा आङदेम्बेलाई मे महिना भरीकाका लागि चुन्नुका साथै उनका फोटोहरू प्रदर्शनमा राखिएको हो।

त्यहाँ स्थान पाउने आङदेम्बे पहिलो नेपाली फोटोग्राफर हुन्।

गुल्सेट सामुदायिक केन्द्र कला, साहित्य, भाषा, संस्कृति, सृजनशील, सामाजिक गतिविधिमा सक्रिय समुदायकै एक केन्द्रका रूपमा रहेको छ।

केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई निःशुल्क सांस्कृतिक, भाषिक, सिर्जनशील सौन्दर्यहरू आदानप्रदान गर्नुका साथै निःशुल्क क्षमतावृद्धि तालिमसमेत प्रदान गर्ने गर्छ।

आङदेम्बेले प्रदर्शनीमा पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन्। २५ वर्षदेखि फोटोग्राफीमा लागेका आङदेम्बे यसैमा निरन्तर साधनारत रहेका छन्।

साहित्यकार तथा निर्देशक समेत रहेका आङदाम्बेको बाम्ले कम्युनको ब्रातोभेतमा पनि अर्को फोटोप्रदर्शनी चलिरहेको छ। आङदेम्बेलाई यो फोटो प्रदर्शनी अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ।

१४ जेठ, २०८०, २३:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।