विश्वकप क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, अर्जुन र किशोर भित्रिए

विश्वकप क्वालिफायर खेल्ने नेपाली टोली घोषणा, अर्जुन र किशोर भित्रिए

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने विश्वकप छनोटमा सहभागी हुने नेपाली टोली घोषणा गरेको छ।

१६ सदस्यीय टोलीमा विकेटकिपर अर्जुन साउद र फास्ट बलर किशोर महतो भित्रिएका छन्। यीबाहेक अन्य १४ जना एसीसी प्रिमियर कप खेलेकै खेलाडी हुन्।

कप्तान रोहित पौडेलको नेतृत्वको राष्ट्रिय टिममा अर्जुन र किशोरसँगै कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी छन्।

यस्तै, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, प्रतिश जिसी, भीम सार्की र ललित राजवंशी पनि टिममा छन्।

आगामी जुन १८ देखि ९ जुलाइसम्म जिम्बावेमा विश्वकप छनोट हुनेछ। छनोटमा नेपालसहित १० देशको सहभागीता रहनेछ। सहभागीमध्ये उत्कृष्ट दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछ।

प्रतियोगितामा नेपालको पहिलो खेल आयोजनक जिम्बावेसँग १८ जुनमा छ। त्यसपछि दोस्रो खेल २० जुनमा अमेरिकासँग, तेस्रो खेल २२ जुनमा वेस्ट इन्डिजसँग र अन्तिम खेल २४ जुनमा नेदरल्याण्डसँग छ।

त्यसअघि नेपालले ओमान र युएईसँग अभ्यास खेल खेल्नेछ।

१४ जेठ, २०८०, २१:१६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।