आईपीएल फाइनलमा वर्षा बाधक, अझै हुन सकेन टस

आईपीएल फाइनलमा वर्षा बाधक, अझै हुन सकेन टस

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनल खेलको टस हुन सकेको छैन।

नेपाली समयअनुसार सवा ७ बजे हुनुपर्ने टस वर्षा भएपछि रोकिएको हो। अहिले भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा वर्षा भइरहेको छ। पिच र ३० यार्ड मैदान ढाकिएको छ।

वर्षा रोकिएपछि मैदान सुकाएर मात्र टस गरिनेछ। भारतीय समयअुनसार राति ९ बजेर ३५ मिनेटसम्म खेल सुरु हुने अवस्थामा २० ओभरकै खेल हुनेछ भने पाँच ओभरको खेलका लागि मध्यराति ११ बजेर ५६ मिनेटमा सुरू हुनेछ।

त्यतिबेला सम्म पनि  वर्षा नरोकिए सोमबार फाइनल खेल हुने इएसपीएनक्रिकेट जनाएको छ।

१४ जेठ, २०८०, १९:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।