सन् २०२३ को मिस नेपालको ताज २३ वर्षीया श्रीइच्छा प्रधानलाई

सन् २०२३ को मिस नेपालको ताज २३ वर्षीया श्रीइच्छा प्रधानलाई

काठमाडौँः श्रीइच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन्। 

शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितिन्। 

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिइन्। प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते।

१२ सहविधामा उपाधिक दिइएको थियो। २३ वर्षीया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा पनि जितिन्। 

 

१३ जेठ, २०८०, १९:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।