सुबमन गिलले तोडे आफ्नै कीर्तिमान, दोहोरिएला त फेब्रुअरीकै इतिहास?

सुबमन गिलले तोडे आफ्नै कीर्तिमान, दोहोरिएला त फेब्रुअरीकै इतिहास?

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सका खेलाडी सुबमन गिलले आफ्नै कीर्तिमान तोडेका छन्।

विश्वको सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सुबमन गिलले आफ्नै कीर्तिमान तोडेका हुन्। यस मैदानमा भएको टी–२० खेलमा सबैभन्दा धेरै रन बनाउने आफ्नै कीर्तिमान उनले तोडेका हुन्।

गत फेब्रुअरीमा भारत र न्यूजिल्याण्डबीच भएको टी–२० खेलमा गिलले ६३ बलमा १२६ रन बनाएका थिए। त्यो बेलमा भारतले न्यूजिल्याण्डलाई २३४ रनको लक्ष्य दिएको थियो।

त्यो रन नै नरेन्द्र मोदी स्टेडियममा बनेको सबैभन्दा ठूलो टी–२० स्कोर हो। त्यो खेल भारतले १६८ रनको अन्तरले जितेको थियो।

शुक्रबार आईपीएलमा भएको दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सबाट खेलेका गिलले आफ्नै कीर्तिमा तोड्दै ६० बलमा १२९ रन बनाएका छन्। अहिले भने गुजरातले मुम्बईलाई २३३ रनको लक्ष्य दिएको छ।

गुजरात र मुम्बईको खेल पनि भारत र न्यूजिल्यान्डको जस्तै पहिला लक्ष्य दिनेले जित्ला त?

१२ जेठ, २०८०, २२:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।