मुम्बईलाई गुजरातको विशाल स्कोर, शुभमन एक्लैले बनाए १२९ रन

मुम्बईलाई गुजरातको विशाल स्कोर, शुभमन एक्लैले बनाए १२९ रन

ओपनर शुभमन गिलले विष्फोटक ब्याटिङ गर्दै १२९ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनायो। यो प्लेअफको सबैभन्दा ठूलो स्कोर हो।

गिलले ४९ बलमा शतक पूरा गरे। उनी प्लेअफमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन्। गिलका अलावा साई सुदर्शनले ३१ बलमा ४३ रनको पारी खेले। अन्तिम खेलमा कप्तान हार्दिक पाण्ड्याले १३ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए। मुम्बईका लागि पियुष चावला र आकाश माधवालले एक-एक विकेट लिए । 

साई सुदर्शन ३१ बलमा ४३ रन बनाएर रिटायर आउट भए। उनले आफ्नो पारीमा ५ चौका र एक छक्का मात्र जोड्न सके। सुदर्शन रिटायर आउट लिने सिजनको तेस्रो खेलाडी बने। यसअघि अथर्व तायडे र रविचन्द्रन आश्विनले यस्तो गरेका थिए। 

गुजरातका ओपनर गिलले करियरको तेस्रो शतक बनाएका हुन्। उनले ४९ बलमा शतक पूरा गरे।

गिलले जारी सिजनको तेस्रो शतक बनाए। यति मात्र होइन, यो गिलको करियरको तेस्रो आईपीएल शतक पनि हो। गिलले ६० बलमा २१५ को स्ट्राइक रेटमा १२९ रन बनाए। उनले ७ चौका र १० छक्का प्रहार गरे। 
 

१२ जेठ, २०८०, २२:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।