खुकुरी प्रहार गरी युवतीको हत्या, यसपछि आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास

खुकुरी प्रहार गरी युवतीको हत्या, यसपछि आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास

सङ्खुवासभा : खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्।

गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। 

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।

गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको डीएसपी गोदारले बताए।

१२ जेठ, २०८०, १०:२४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।