फाइनलमा पुग्न दुई ‘ब्याटिङ पावरहाउस’ गुजरात र मुम्बईको भिडन्त

फाइनलमा पुग्न दुई ‘ब्याटिङ पावरहाउस’ गुजरात र मुम्बईको भिडन्त

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुँदैछ।

यो खेल सेमिफाइनल सरह हो। किनभने जित्ने टिमले चेन्नाईसँगको फाइनल भिडन्त पक्का गर्नेछ भने हार्ने टिमलाई अब कुनै मौका रहने छैन।

यी दुवै टिम विशेषगरी जारी आईपीएलमा ‘ब्याटिङ पावरहाउस’ को रुपमा परिचित छन्।

दुवैको खुबी विष्फोटक ब्याटिङमा छ। त्यसमाथि खेल हुने अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पनि ब्याटिङकै लागि उपयुक्त मानिन्छ। 

आफ्नो घरेलु मैदानमा खेल्न पाउनु डिफेन्डिङ च्याम्पियन गुजरातका लागि यो खेलमा ठूलो प्लसपोइन्ट हो। गुजरातले घरेु मैदानमा खेलेका आठ खेलमा पाँच खेल जितेको रेकर्ड छ।

लिगको शीर्ष स्थानमा रहे पनि पहिलो क्वालिफायरमा चेन्नईसँग १५ रनले पराजित भएपछि गुजरातले फाइनलमा पुग्न यो दोस्रो क्वालिफायर खेल्नु परेको हो।

सर्वाधिक पाँच पटकको उपाधि विजेता मुम्बईले भने लिगको चौथो स्थानमा रहे पनि एलिमिनेटरमा लखनउलाई ८१ रनले हराउँदै गुजरातसँगको भिडन्त पक्का गरेको हो।

हेड टु हेडमा हालसम्म यी दुईबीच तीन पटक खेल हुँदा मुम्बईले दुई पटक जितेको छ।

१२ जेठ, २०८०, ०९:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।