एलजी बन्यो अमेरिकाको सबैभन्दा भरपर्दो घरेलु उपकरण कम्पनी

एलजी बन्यो अमेरिकाको सबैभन्दा भरपर्दो घरेलु उपकरण कम्पनी

काठमाडौं : एलजी इलेक्ट्रोनिक्स संयुक्त राज्य अमेरिकाको सबैभन्दा भरपर्दो घरेलु​​​​​​​ उपकरण कम्पनी बनेको छ।

यूएस कन्ज्युमर कन्फिडेन्स रिपोर्टका अनुसार व्हिलपुल, सामसङ र जिइ जस्ता विश्वव्यापी घरेलु उपकरण कम्पनीहरुलाई उछिन्दै एलजीले पहिलो स्थान हासिल गरेको हो। 

संयुक्त राज्य अमेरिकाको एक उपभोक्ता मिडिया संगठनको कन्ज्युमर रिपोर्टसका अनुसार, पाँच वर्षको अवधिमा २५ वटा घरेलु उपकरण ब्रान्डको असफलताको दरको आधारमा उत्पादनको विश्वसनीयता मूल्याङ्कन गरिएको थियो।​​​​​​​

जसमा एलजी इलेक्ट्रोनिक्सले उच्चतम ७६ अंक प्राप्त गरेको थियो। बजार पारदर्शिता बढाउने उद्देश्य राखेको अमेरिकी उपभोक्ता महासंघद्वारा प्रकाशित उपभोक्ता अमेरिकी कन्ज्युमर रिपोर्टस् मासिक पत्रिका हो। 

यस पटक, वाशिङ मेसिन, ड्रायर, फ्रिज, डिसवासर, इलेक्ट्रिक ग्यास रेन्जेज, कुकटप, वलओभन र इन्टिग्रेटेड हुडसहित माइक्रोवेभ ओभन गरी ८ विभिन्न प्रकारका उपकरणहरुको जाँच गर्दा ५ लाख २८ हजार ८०० भन्दा बढी घरेलु उपकरणहरुको जाँच गरिएको थियो।

यसमा व्हिलपुल​​​​​​​, जिइ र बोस्क प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीहरु सातौं स्थानमा छन् भने सामसङ इलेक्ट्रोनिक्स २० औं स्थानमा रह्यो।

११ जेठ, २०८०, १३:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।