लिग लिडर चर्च ब्वाइजसँग भिड्दै खराब फर्ममा रहेको मनाङ

लिग लिडर चर्च ब्वाइजसँग भिड्दै खराब फर्ममा रहेको मनाङ

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज मनाङ मर्स्याङ्दी क्लबले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ।

यो सिजन खराब फर्ममा रहेको मनाङलाई लिडर चर्च ब्वाइजसँगको खेल सहज नहुने पक्का छ। खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ।

२० खेलबाट २४ अंकसहित ११ औं स्थानमा रहेको मनाङले यो खेल जितेमा एकै पटक छैटौं स्थानमा पुग्छ।

२० खेलमा १० जितपछि ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज भने आजको खेलमा जितसँगै लिगमा ५ अंकको अग्रता बनाउने दाउमा छ।

आजै हुने अर्को खेलमा रेलिगेसन जोनमा फ्रेन्ड्स क्लबले सातदोबाटोको सामना गर्दैछ। यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सातदोबाटोमा हुनेछ।

सातदोबाटो २० खेलमा २९ अंकसहित लिगको चौथो स्थानमा छ भने फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

११ जेठ, २०८०, ०९:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।