भालेकानोलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो रियल मड्रिड

भालेकानोलाई हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो रियल मड्रिड

एजेन्सी : स्पानिस लिग गुमाइसके पनि रियल मड्रिड रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।

गए राति भएको खेलमा घरेलु मैदानमा रियलको लागि कप्तान करिम बेन्जेमाले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

यसपछि ८४ औं मिनेटमा टोमासले भालेकानोको लागि बराबरीमा गोल फर्काए। खेल बराबरीतर्फ उन्मुख रहेको अवस्थामा ८९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाएका थिए।

यो जितसँगै रियल ३६ खेलबाट ७४ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड स्पान्योलसँग ३–३ गोलको बराबरीमा रोकिए पछि रियल माथि उक्लिएको हो।

तीन गोलको अग्रता पनि जोगाउन नसक्दा बराबरी पछि​​​​​​​ एथ्लेटिको ३६ खेलबाट ७३ अंक जोडेर तेस्रो स्थानमा झरेको छ।

११ जेठ, २०८०, ०९:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।