सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य यसदिन १ लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर बुधबार १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन १ लाख ९ हजार २ सय, तेजाबी सुन १ कलाख ८ हजार ७ सय र चाँदी १ हजार ३६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

१० जेठ, २०८०, ११:००:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।