गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएलको फाइनलमा

गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएलको फाइनलमा

चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।

जहाँ चेन्नईले ले २६ मेमा अहमदाबादमा हुने क्वालिफायर-२ को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोलीले मंगलबार राति सकिएको क्वालिफायर-१ खेलमा अघिल्लो संस्करणको विजेता गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्यो। 

गुजरातले अब क्वालिफायर-२ खेल्नुपर्ने भएको छ। उसले मुम्बई इन्डियन्स र लखनऊ सुपरजाइन्ट्सबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ। 

एमए चिदम्बरम रंगशाला (चेपौक) मा गुजरातले टस जितेर बलिङ रोजेको थियो। पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा गुजरातका ब्याटरहरू २० ओभरमा १५७ रन बनाएर अलआउट भए।

१७३ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तेस्रो ओभरमै ऋद्धिमान साहाको विकेट गुमाएको थियो। हार्दिक पाण्ड्या नम्बर ३ मा ब्याटिङ गर्न आएका थिए। तर ७ बलमा ८ रन मात्र बनाएर उनी आउट भए। टोलीले ६ ओभरमा २ विकेट गुमाएर ४१ रन मात्र जोड्न सकेको थियो।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ६० र कोनवेले ३४ बलमा ४० रन बनाए। यी दुईबीच ६४ बलमा ८७ रनको साझेदारी बनेको थियो। गुजरातका लागि मोहित शर्मा र मोहम्मद शामीले २-२ विकेट लिए भने रसिद खान, दर्शन नलकन्दे र नूर अहमदले एक-एक विकेट लिए। 

९ जेठ, २०८०, २३:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।