यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार १७ जना

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार १७ जना

काठमाडौँ : प्रहरीले ३३ जनालाई आरोपी बनाएको नक्कली शरणार्थी प्रकरणमा १७ जना फरार छन्।

फरारमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक थापा समेत छन्।

अन्यमा केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, नीरज राई, दीपा हुमागाईँ संलग्न देखिएको तर फरार रहेको प्रहरीको प्रस्तावित रायमा उल्लेख छ।

यसैगरि राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी पनि फरार उल्लेख छ।

गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन्।

पक्राउ १६ आरोपी

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

काँग्रेस पूर्व सांसद आङ्टावा शेर्पासँगै  केशव दुलाल, टङ्क गुरुङ, सानु भण्डारी, सागर राई, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी समेत पक्राउ परेका छन्।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ समेत पक्राउ परेका छन्।

९ जेठ, २०८०, ०५:४६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।