ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने उपयुक्त बेला आएको छः सांसद पौडेल

ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने उपयुक्त बेला आएको छः सांसद पौडेल

काठमाडौँः ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने अहिले उपयुक्त बेला भएको कांग्रेस सांसद प्रदीप पौडेलले बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा पौडेलले एक पटक भ्रष्टाचारविरुद्ध कडा नजीर स्थापित गर्नुपर्ने बताए।

भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गर्ने बाचा नीति तथा कार्यक्रममा राखेको पनि उनले बताए। 

‘नक्कली भुटानी शरणार्थी काण्डलगायत जनताले ठूलो भ्रष्टाचारको आशंका गरेका काण्डहरूको फाइल खोल्ने यो उपयुक्त समय हो,’ उनले भने।

८ जेठ, २०८०, १८:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।