सोमबार ०२ चैत, २०८२
फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो?
काठमाडौं। आज (आइतबार) सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको हो।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि आज तोलामा ८०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम गरिएको छ।
जेठ ७, २०८० आइतबार ११:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।