टप फाइभ : स्मार्ट छैन महानरको स्मार्ट पार्किङ, शिशिरको प्रश्नमा प्रचण्ड नाजवाफ

टप फाइभ : स्मार्ट छैन महानरको स्मार्ट पार्किङ, शिशिरको प्रश्नमा प्रचण्ड नाजवाफ

काठमाडौं : बिहीबार प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए। जवाफ दिने क्रममा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि प्रतिनिधिसभा नियमसमेत निलम्बन गरियो। बैठकमा पार्टीगत रुपमा सांसद्हरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालको प्रश्नमा नाजवाफ बने।

अब लागौं उकेरा टप फाइभ
उकेराले बिहीबार पाइलट प्रोजेक्ट’ भन्दै काठमाडौं महानगरपालिकाले धुमधामसाथ ल्याइएको ‘स्मार्ट पार्किङ’ योजना अहिले बदनाम हुन थालेको समाचार छाप्यो। निजी कम्पनीसँग भएको सम्झौताको अवधि सकिनै लाग्दासम्म स्मार्ट पार्किङको काम भनेकै सवारीधनीसँग पैसा उठाउनेबाहेक केही सुविधा छैन।
पूरा समाचारः स्मार्ट पार्किङ– महानगरलाई छैन चासो, युट्युबरको आतंकले कम्पनीलाई तनाव

उकेराले दिउँसो संघीय सरकारविरुद्ध काठमाडौं महानगरपालिकाले मुद्दा हाल्न लागेको बारे समाचार छाप्यो। कर्पोरेट घरबहाल कर स्थानीय तहमा तिर्नुपर्नेमा आन्तरिक राजश्व कार्यालयमा तिरिरहेको व्यवस्थालाई खारेज गर्नका लागि मुद्दा दायर गर्ने तयारी महानगरको छ।
पूरा समाचारः संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बालेनको उद्घोष, वडाध्यक्षहरूको पनि समर्थन

त्यसैगरी दिउँसो नै उकेराले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएर सेवा सुरु गर्नेबारेको समाचार लेख्यो।
पूरा समाचारः भैरहवामा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान– ओर्लन मिल्ने, चढ्न काठमाडौं नै आउनुपर्ने

साँझपख उकेराले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नू भनेकाले रोकिएको बताएपछि त्यसको बारेमा समाचार लेख्यो।
पूरा समाचारः प्रधानमन्त्री प्रचण्डले भनेजस्तो लाल आयोगको प्रतिवेदन सर्वोच्चले रोकेकै हो?

राति उकेराले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र शेरबहादुर देउवाको बयान लिनुपर्नेबारेको समाचार लेख्यो। यो अन्तर्राष्ट्रिय अपराध मात्र नभएर नेपालमाथि विश्वास गरेर भुटानी शरणार्थीलाई आफ्नो देशको नागरिक बनाउन राजी ती तमाम देशमाथिको गद्दारी भएको विषय समाचारमा उल्लेख छ।
पूरा समाचारः ओली र देउवाको बयान नलिएसम्म प्रचण्डको भ्रष्टाचारविरोधी भाषण गफ मात्र

४ जेठ, २०८०, २२:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।