बैंकबाट पैसा निकालेर निस्किएका राहुलमाथि विराटनगरमा छुरा प्रहार

बैंकबाट पैसा निकालेर निस्किएका राहुलमाथि विराटनगरमा छुरा प्रहार

काठमाडौं : विराटनगरको ट्राफिक चोकमा बैंकबाट पैसा निकालेर निस्कने क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनको हातमा चोट लागेको छ।

रायलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-१२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालले जानकारी दिए।

घाइतेको विराट नर्सिङहोममा उपचार भइरहेको छ। घाइते राय जोगबनीमा किराना पसल चलाउँछन्।

४ जेठ, २०८०, २०:०१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।