टप फाइभ : रेशम चौधरीको जन्मकैद फैसला सर्वोच्चद्वारा सदरदेखि, प्रेम राईको गाडीमा साढे २ करोड राखेको सानुको बयानसम्म

टप फाइभ : रेशम चौधरीको जन्मकैद फैसला सर्वोच्चद्वारा सदरदेखि, प्रेम राईको गाडीमा साढे २ करोड राखेको सानुको बयानसम्म

काठमाडौं : मंगलबार विभिन्न संसदीय समितिको बैठक बस्यो। सार्वजनिक लेखा समिति, अर्थ समिति, कानून समिति लगायतका समितिको बैठक बस्दै गर्दा सांसद्हरुले आफ्ना भनाइ राखे। अधिकांश नयाँ सांसद्ले स्वार्थ बाझिने गरी समितिहरुमा बस्न नहुने र आफैँ बाहिरिनुपर्नेमा जोड दिए।

यस्तै आजै सत्ताधारी १० दलको बैठक बस्यो। बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल भयो।

आजै सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीविरुद्ध जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गर्दै उनलाई जन्मकैदको फैसलालाई निरन्तरता दियो। सर्वोच्चले आजै अयोग्य लडाकुलाई सरकारले दिन लागेको रकम नदिन अन्तरिम आदेश जारी गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले विहान सुरुवात भएको एक वर्ष बित्न नपाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएको समाचार छाप्यो। उद्घाटनको दिन पहिलो पटक कुवेतको जजिरा एयरलाइन्सले यहाँ अन्तर्राष्ट्रिय उडान गरेको थियो। तर हाल जजिराले पनि उडान गरेको छैन।
पूरा समाचारः उद्घाटनको एक वर्षमा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन, जजिराले समेत रोक्यो उडान

दिउँसो उकेराले आफ्नो नियमित स्तम्भ चौथो अंक प्रकाशित गर्यो। चौथो अंगमा यो साता हिमाल खबरपत्रिकाका सम्पादक रहेका रविन गिरीले पत्रकारिताका अनुभव साट्दै सुझावसमेत दिन भ्याए।
पूरा समाचारः रिपोर्टरले फिल्डमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसा जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ

साँझपख उकेराले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको समाचार छाप्यो। यसअघि उच्च अदालत टीकापुरले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको थियो। यद्यपि उनी फैसलाको पुनरावलोकनमा जाने भएका छन्।
पूरा समाचारः उच्च अदालतको फैसला सर्वोच्चबाट पनि सदर, रेशम चौधरीलाई जन्मकैदको फैसला

उकेराले मंगलबार नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका सदस्य देखिएका सानु भण्डारीले तत्कालीन गृह सचिव प्रेम राईले दुई करोड ३० लाख रकम लिएको दाबी गरेको समाचार छाप्यो।
पूरा समाचारः सानु भण्डारीको दाबी– प्रेम राईको गाडीमा साढे २ करोड राखेको हुँ, आरजुलाई भेटेको छैन

र राति उकेराले नेपाल आयल निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रूपैयाँले घटाउने निर्णय गरेको समाचार छाप्यो। पेट्रोल, ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत् नै छ।
पूरा समाचारः डिजेल र मट्टीतेलमा १० रूपैयाँ घट्यो, ९ रूपैयाँ घटेर आए पनि पेट्रोलको मूल्य यथावत

२ जेठ, २०८०, २२:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।